Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु नभए आफू अनशनमा बस्ने घोषणा गरेका छन् ।
सोमबार डोटीको बुडरमा आयोजित कार्यक्रममा बोल्दै मेयर हमालले विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व आफूले गर्ने बताए ।
उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको एक पुस्तादेखिको सपना र माग भएको उल्लेख गर्दै पदाधिकारी को हुने रु भन्ने विषयभन्दा विश्वविद्यालय सञ्चालन र पठनपाठन सुरु हुनु नै मुख्य कुरा रहेको बताए ।
मेयर हमालले भने, ‘हाम्रो अपेक्षा यही शैक्षिक सत्रबाट एमबीबीएसको पढाइ सुरु होस् र अस्पताल पनि पूर्ण रूपमा सञ्चालनमा आओस् । यदि यसै शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म स्वयं अनशनमा बस्छु । आवश्यक परे आन्दोलनको नेतृत्व पनि मैले नै गर्नेछु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij