Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

चापाकल सुकेपछि ट्यांकरबाट पानी बाँड्दै वडाध्यक्ष

चापाकल सुकेपछि ट्यांकरबाट पानी बाँड्दै वडाध्यक्ष

  • काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानी अभाव हुन थालेको छ । पहिले सहजै पानी आउने ठाउँमा पनि अहिले संकट आएको स्थानीयले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।

    AGNI GROUP

    खानेपानीको समस्या भोगिरहेका वडाबासीलाई राहत प्रदान गर्न वडाअध्यक्ष सापकोटाले ट्याङ्करमार्फत घरघरमा पानी वितरण अभियान सुरू गरेका हुन् । हाल दैनिक ५-६ वटा ट्याङ्करमार्फत पानी वितरण भइरहेको उनले बताए ।

    वडाले प्रत्येक घरपरिवारलाई हाल १०० लिटरका दरले खानेपानी उपलब्ध गराउँदै आएको छ ।

    वडा कार्यालयले खानेपानीको अभाव कायम रहेसम्म आवश्यकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ । लामो समयदेखि परेको सुख्खाका कारण जनजीवन प्रभावित बनेको अवस्थामा घरघरमै पानी उपलब्ध हुन थालेपछि राहत महसुस भएको स्थानीय नवराज पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij