Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा देउवाका छोरा जयवीरलाई ७ दिने पुर्जी जारी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा देउवाका छोरा जयवीरलाई ७ दिने पुर्जी जारी

  • काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ।

    onlinepatrika
    Arghakhachi

    विभागले एक सार्वजनिक सूचना जारी गर्दै उनलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

    AGNI GROUP

    विभागद्वारा जारी सूचना अनुसार, डडेलधुरा जिल्ला, साविक असिग्राम गा।वि।स। वडा नं। ५ स्थायी वतन भई हाल काठमाडौँ जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं.२ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवा (ना.प्र.नं. १०६०/८५८६०)लाई बयानका लागि बोलाइएको हो।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो पुर्जी जारी गरिएको विभागले जनाएको छ।

    ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय (बी ब्लक) मा रहेको विभागको कार्यकक्षमा बाटोको म्याद बाहेक सूचना प्रकाशित भएको मितिले ७ सात दिनभित्र हाजिर हुन भनिएको छ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएकाले देउवालाई बोलाइएको हो।

    विभागले म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij