Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

युट्युबमा बालेनलाई गाली गर्ने पोखरेल थुनामा

युट्युबमा बालेनलाई गाली गर्ने पोखरेल थुनामा

  • काठमाडौं । युट्युब र सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) साहसहितका नेताहरूलाई अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको अभियोगमा पाँचथरका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटे घर भएका पोखरेललाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन यस्तो आदेश दिएको हो।

    AGNI GROUP

    पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत दर्ता भएको मुद्दामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिएका छन्।

    प्रधानमन्त्री साह तथा उनको परिवारलाई लक्षित गरी मान, सम्मान र प्रतिष्ठामा आँच आउने गरी फेसबुक, युट्युब, इन्स्टाग्राम र टिकटकमा अमर्यादित शब्दसहितका भिडियो तथा स्टेटस प्रेषित गरेको अभियोग पत्रमा उल्लेख छ।

    यसअघि प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा पक्राउ गरिएको भन्दै देशभर व्यापक विरोध भएपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो।

    तर, प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुन:थुनामा पठाउन आदेश दिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij