Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रेडक्रसका सवारी साधन र चिन्ह दुरुपयोग गरे कारबाही हुने, निगरानी तीव्र

रेडक्रसका सवारी साधन र चिन्ह दुरुपयोग गरे कारबाही हुने, निगरानी तीव्र

  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न निर्देशन दिएको छ । संस्थाको छविमा आँच आउने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको गुनासो बढेपछि रेडक्रसले यस्तो चेतावनी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    रेडक्रस केन्द्रीय कार्यालयले एक अनुरोध जारी गर्दै संस्थाका सम्पत्तिहरू विशुद्ध मानवीय सेवा, राहत, उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चार जस्ता स्वीकृत संस्थागत कार्यमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

    AGNI GROUP

    उक्त अपिलमा भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटीका नाममा रहेका कतिपय सवारी साधन र एम्बुलेन्सहरू व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भएको भन्ने सरोकारवालाहरूको टिप्पणी र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको छ । यस्ता गैर-संस्थागत कार्यहरू पूर्ण रूपमा निषेध गरिएको छ ।’

    रेडक्रसले आफ्ना सबै तहका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूलाई रेडक्रसको लोगो अंकित सवारी साधन र एम्बुलेन्सहरू तोकिएको मापदण्ड र विधि अनुरूप मात्र सञ्चालन गर्न भनेको छ ।

    संस्थाका सवारी साधन वा चिन्हको दुरुपयोग भएको पाइए प्रमाणसहित जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ । संस्थाको नियम र आचारसंहिता विपरीत सवारी साधन वा एम्बुलेन्स प्रयोग गरेको पाइए कारबाहीको भागीदार बन्नुपर्ने सूचनामा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij