Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

धानबालीका लागि मल अभाव हुँदैन, ९५ हजार टन मौज्दात छ : कृषिमन्त्री चौधरी

धानबालीका लागि मल अभाव हुँदैन, ९५ हजार टन मौज्दात छ : कृषिमन्त्री चौधरी

  • काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु सिजनको धानबालीका लागि आवश्यक रासायनिक मल देशभर सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छिन्।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले मलको अभाव हुन नदिन मन्त्रालयले पूर्ण तयारी गरेको स्पष्ट पारिन्।

    AGNI GROUP

    मन्त्री चौधरीका अनुसार हाल सरकारी गोदामहरूमा ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको छ। यसका साथै सरकार (जीटूजी) प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेकाले धान सिजनमा किसानलाई मलको सास्ती नहुने उनले संसद्‌लाई सुनिश्चित गराइन्।

    मल खरिदका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयले आवश्यक परे थप रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको समेत मन्त्री चौधरीले जानकारी दिइन्।

    आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापन कार्ययोजना तयार भइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘रासायनिक मलको वितरण र उपलब्धता सम्बन्धी किसानका गुनासा तत्काल सम्बोधन गर्न संघीय र प्रादेशिक मन्त्रालयहरूमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) को व्यवस्था गरिएको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij