Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोराले सफाइ पाएका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले अन्तिम सुनुवाइ गर्दै बादलपुत्र प्रतीक थापालाई सफाई दिने फैसला गरेका हुन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा र पत्नी नैनकला थापालाई पनि रकम बुझाएको बयान दिएका थिए ।
उक्त प्रकरणमा रकम लेनदेनमा प्रतीकले समन्वय गरेको आरोपीहरूको जिकिर थियो । त्यसबेला १ करोड रकम प्रतीकमार्फत लेनदेन भएको खुलेपछि सरकारी वकिलले उनलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij