Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान

भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाले आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्तांग आदिपूर्णा’ बाट सम्मानित गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसको जानकारी दिएको हो।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान मलाई निकै स्नेहका साथ इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान गरिएको छ। यो सम्मान करोडौँ भारतीयहरूको हो। यो इन्डोनेसियाका जनताको भावना तथा भारत र इन्डोनेसियाबिचको ऐतिहासिक एवं आत्मीय सम्बन्धको सम्मान हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसिया सरकार र यहाँका जनताप्रति हृदयदेखि आभार व्यक्त गर्दछु।’

    AGNI GROUP

    यसअघि प्रधानमन्त्री मोदी मंगलबार इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुराकानीका लागि पुगेका थिए। त्यहाँ उनको भव्य स्वागत गरिएको थियो। प्रधानमन्त्री मोदी सोमबार आफ्नो तीन देशको भ्रमणको पहिलो चरण अन्तर्गत इन्डोनेसिया पुगेका हुन्।

    भारत सरकारका अनुसार यो भ्रमणको उद्देश्य भारतको ‘एक्ट इस्ट पोलिसी’ र महासागर भिजनलाई अझ मजबुत बनाउनु हो। यसका साथै स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रतिको भारतको प्रतिबद्धतालाई अगाडि बढाउनु पनि यो भ्रमणको लक्ष्य रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij