Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना नियन्त्रणमा

सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना नियन्त्रणमा

  • काठमाडौँ । सुनसरीको गढी गाउँपालिका १ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः२० बजेतिर अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई चेकजाँच गरेको थियो।

    onlinepatrika
    Arghakhachi

    चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    उनीसँगै रहेका विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij