Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो ।

    onlinepatrika
    Arghakhachi

    तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो ३० रुपैयाँले घटेकोमा आज ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij