Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

इरानबारे ट्रम्प– उनीहरूसँग कुरा गर्नु समयको बर्बादी हो, कुनै वार्ता गर्न चाहन्नँ

इरानबारे ट्रम्प– उनीहरूसँग कुरा गर्नु समयको बर्बादी हो, कुनै वार्ता गर्न चाहन्नँ

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामबारे प्रतिक्रिया दिँदै आफ्नो दृष्टिमा यो युद्ध समाप्त भइसकेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘मेरो हिसाबले यो विषय अब समाप्त भइसकेको छ।’

    AGNI GROUP

    उनले इरानी नेतृत्वप्रति कडा टिप्पणी गर्दै भने, ‘म अब उनीहरूसँग कुनै वार्ता गर्न चाहन्नँ। उनीहरू झूट बोल्छन्। उनीहरूसँग कुरा गर्नु समयको बर्बादी मात्र हो।’

    ट्रम्पले दुवै पक्षका वार्ताकारले चाहेमा छलफल जारी राख्न सक्ने बताए पनि त्यसबाट कुनै उपलब्धि नहुने दाबी गरे। ‘उनीहरू चाहे वार्ता गरून्, तर त्यसले समय मात्र खेर जान्छ,’ उनले भने।

    इरानी वार्ताकारबारे टिप्पणी गर्दै ट्रम्पले उनीहरूलाई ‘मानसिक रूपमा अस्वस्थ’ भन्दै इरानका नेताहरूमाथि पनि तीव्र आलोचना गरे। ‘मेरो नजरमा उनीहरूसँग व्यवहार गर्नु समयको बर्बादी मात्र हो,’ उनले थपे।

    ट्रम्पले आफू स्टिभ विटकोफ र जेराल्ड कुशनरसँग छलफल गर्ने बताए। तर, वार्ताको टेबलमा फर्किने वा नफर्किने निर्णय तेहरानकै हातमा रहेको उनले स्पष्ट पारे।

    अर्को प्रश्नको जवाफमा ट्रम्पले भने ‘सबैजना इरानसँग परमाणु हतियार हुनु हुँदैन भन्नेमा सहमत छन्। हामी एउटा सम्झौताको नजिक पुगेका थियौँ, तर पछि उनीहरूले सञ्चारमाध्यमअघि त्यस्तो कुनै वार्ता नै नभएको जस्तो देखाउने प्रयास गरे।’

    ट्रम्पको यो अभिव्यक्ति इरान र अमेरिकाबीच भएका जवाफी आक्रमण तथा त्यसपछि दुवै देशले एकअर्कामाथि युद्धविराम (सिजफायर) उल्लङ्घन गरेको आरोप लगाएको पृष्ठभूमिमा आएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij