Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका ३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ ।
औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ न.पा- १ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध ससुराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याइएकामा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको मृत्यु भएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij