Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी नरेश अधिकारी जबर्जस्ती करणी र ठगीको आरोपमा पक्राउ परेका छन् । उनी पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतका फुपूका छोरासमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी तथा ठगी सम्बन्धी जाहेरी परेपछि पक्राउ गरी म्याद थपेर अनुसन्धान थालिएको छ ।
सप्तरीको महादेवा गाउँपालिका-२ निवासी अधिकारी केही दिनयता फरार थिए । प्रहरीले अधिकारीलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij