Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान

आइजीपी दानबहादुर कार्कीद्वारा प्रहरीबीच अन्तर्राष्ट्रिय सहकार्यको आह्वान

  • काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानुनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन उनले त्यस्तो धारणा राखेका हुन् ।

    AGNI GROUP

    उनले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने भन्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता जोड दिए ।

    आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिकता, निष्पक्षता र अनुशासनका साथ निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै विश्व शान्ति स्थापनामा नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे ।

    साथै, महिला प्रहरीको सहभागिता वृद्धि,समुदाय–प्रहरी साझेदारी, मानव अधिकारको सम्मान तथा कानुनको शासनलाई केन्द्रमा राखेर आधुनिक प्रहरी सेवाको विकासमा नेपाल प्रहरी प्रतिबद्ध रहेको धारणा उनले व्यक्त गरे ।

    शान्ति र सुरक्षाका साझा चुनौतीहरूको प्रभावकारी समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारी अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै कार्कीले सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणमा सबै राष्ट्रहरू एकजुट भएर अघि बढ्न आह्वान गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij