Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।
उनले नाट्टा लाई अझ सशक्त, आधुनिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन व्यवसायीको हकहित संरक्षण, नीतिगत सुधार, सरकारसँग प्रभावकारी समन्वय, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, डिजिटल रूपान्तरण, युवा नेतृत्व विकास तथा सदस्य सेवाको विस्तारलाई आफ्नो प्राथमिकतामा राख्ने उनले बताएका छन्।
पाण्डेले पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले नाट्टा लाई व्यवसायीहरूको साझा आवाज र नीतिगत सुधारका लागि प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij