Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा समावेश गरिएको जनाएको हो। सूचनाअनुसार कालोसूचीको व्यवस्था सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ।
कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कार्यालयले कालोसूचीमा समावेश गरिएका कम्पनी तथा आपूर्तिकर्ताको विवरणसमेत सार्वजनिक गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij