Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

शरीरमा आगो लगाएका गणेश नेपाली भेन्टिलेटरमा, भारत लैजाने तयारी रोकियो

शरीरमा आगो लगाएका गणेश नेपाली भेन्टिलेटरमा, भारत लैजाने तयारी रोकियो

  • काठमाडौं । राहदानी विभागअघि आत्मदाहको प्रयासको क्रममा घाइते भएका मुगुका गणेश नेपालीलाई उपचारका लागि सरकारले तत्काल भारत नलैजाने भएको छ । झन् ज्यानको जोखिम हुने चिकित्सकको चेतावनीपछि उनलाई भारत लैजाने निर्णयबाट सरकार पछि हटेको हो ।

    onlinepatrika
    Arghakhachi

    हाल नेपालीको वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    AGNI GROUP

    उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरूमा दिएको सुझाव अनुसार सरकारले भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी गरेपनि पुनस् चिकित्सकको सल्लाहमा तत्काल नलैजाने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    राति उनलाई विमानस्थल पुर्‍याउन गृहमन्त्री सुधन गुरुङ आफैँ खटिएका थिए । उनका लागि एयर एम्बुलेन्ससहित सबै बन्दोबस्त समेत गरिएको थियो।

    ‘वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो’, सचिवालयले भनेको छ ।

    बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका गणेशको शरीरको माथिल्लो अधिकांश भाग जलेको छ ।

    हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा.अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको टोली उनको उपचारमा खटिएका छन् ।

    चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij