Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार तोलामा दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

    बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij