Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ

गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ

  • काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ।

    AGNI GROUP

    प्रहरीका अनुसार वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको हो । राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको चिकित्सकले जानकारी दिएका थिए।

    मुगुको सोरु गाउँपालिका १ का २५ वर्षीय नेपाली मोटरसाइकलमा राइड सेयरिङ गर्थे । बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।

    त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij