Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले गणेश नेपालीको आत्मदाहको घटनाले राज्यको गम्भीर असफलता उजागर गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै नयाँ आशा र जनमतका साथ सरकार बनेको भए पनि यस्ता घटना दोहोरिनु चिन्ताजनक रहेको बताए।
पुनले सरकारसँग प्रश्न गर्दै भने, ‘के यो राज्यको असफलता होरु कि गरिब, दुःखी, विपन्न र सुकुम्वासीहरूले राजधानी वा देशभर बाँच्न र जीविकोपार्जन गर्न नपाउने सङ्केत हो?’
सरकारले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने र संसद्मा स्पष्ट जवाफ दिनुपर्ने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij