Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

  • काठमाडौं । इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका थिए। 

    onlinepatrika
    Arghakhachi

    यो हप्ता भएको हवाइ आक्रमणपछि दुवै पक्षको बयानबाजी बढेको छ, जसले युद्ध समाप्त गर्ने अन्तरिम सम्झौतालाई प्रभावित गरेको छ। यो युद्ध गत फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको ठूलो हमलाबाट सुरु भएको थियो।

    AGNI GROUP

    राष्ट्रपति ट्रम्पले दुवै पक्षबीचको युद्धविराम समाप्त भएको घोषणा गर्नुभएको छ भने मध्यस्थकर्ताहरू कूटनीति बचाउन प्रयासरत छन्। इरानी मिडियाका अनुसार कतारको एक प्रतिनिधिमण्डल शुक्रबार इरान पुगेको छ ।

    “बदला लिने कुरा हाम्रो राष्ट्रको इच्छा हो र यसलाई अपरिहार्य रूपमा कार्यान्वयन गर्नुपर्छ,” मोक्तबा खामेनीले लिखित सन्देशमा भनेका छन् । 

    बुबा अलि खामेनीको गत फेब्रुअरीमा अमेरिका–इजरायलको हमलामा हत्या भएपछि उनी इरानका सर्वोच्च नेता बनेका थिए तर उनी युद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै सार्वजनिक रूपमा देखिएका छैनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij