Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् ।
पारिवारिक स्रोतका अनुसार मंगलबार उनको सफल शल्यक्रिया भएको छ ।
शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ ।
करिब डेढ हप्ता अगाडि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो । डा. वसन्त पन्तले उनको अप्रेशन गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij