Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

मिडिया हाउसको सुरक्षामाथि चुनौती : दोषीमाथि कारबाहीको माग

मिडिया हाउसको सुरक्षामाथि चुनौती : दोषीमाथि कारबाही गर्न महासंघको माग

मिडिया हाउसको सुरक्षामाथि चुनौती : दोषीमाथि कारबाही गर्न महासंघको माग

  • काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध गरिएको थियो ।

    AGNI GROUP

    महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति निकाल्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।

    सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै महासंघले तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    ती गाडी हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     

    29-asar-press-release-29-asar.docx-copy-1448x2048.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij