Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पूर्वसचिव डा. जीवगर जोशीको निधन

पूर्वसचिव डा. जीवगर जोशीको निधन

  • काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् डा.जीवगर जोशीको ७६ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार मंगलबार हृदयगति बन्द भएपछि उहाँको निधन भएको हो।

    onlinepatrika
    Arghakhachi

    केही समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित डा. जोशीका श्रीमती तथा तीन छोरी छन्।

    AGNI GROUP

    डा. जोशी नेपालका अग्रणी शहरी योजनाकार, दीगो विकासविद् तथा क्षेत्रीय योजनाकारका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले शहरी विकास मन्त्रालयको सचिव, वातावरण मन्त्रालयको सहसचिवलगायत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो। सरकारी सेवाबाट अवकाशपछि उहाँ पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेन्ट (स्किम्स)सँग आबद्ध भएर शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

    काठमाडौं महानगरपालिका–१३, ताहाचल निवासी डा. जोशी शहरी वातावरण व्यवस्थापन, दीगो विकास र विकेन्द्रीकृत योजनाका विज्ञका रूपमा चिनिनुहुन्थ्यो। उहाँले ‘नेपालमा शहरी योजना’, ‘नेपालमा आवास तथा शहरी विकास’ र ‘नेपालमा दीगो विकासका लागि क्षेत्रीय रणनीति’ लगायतका पुस्तकहरूको लेख्नुभएको छ।

    नेपालमा सन्तुलित शहरी विकासका पक्षधर डा. जोशीले प्रदेश तथा क्षेत्र केन्द्रित सहरहरूको विकासमा जोड दिँदै आउनुभएको थियो। शहरी योजना, दीगो विकास र क्षेत्रीय विकास रणनीतिसम्बन्धी उहाँका विचार तथा लेख विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए।

    डा. जोशीको निधनसँगै नेपालले शहरी योजना, वातावरण व्यवस्थापन र दीगो विकासका क्षेत्रमा योगदान पुर्‍याएका एक अनुभवी विज्ञ गुमाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij