Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा बोल्यो भारत

शेख हसिनालाई बंगलादेश फर्काउने विषयमा बोल्यो भारत

  • काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना सन् २०२४ मा देश छोडेपछि हालसम्म भारतमै बसिरहेकी छन् । गत साता उनले आफू छिट्टै स्वदेश फर्किने बताइन्, त्यसपछि बंगलादेशमा नयाँ राजनीतिक बहस सुरु भएको छ । एकातर्फ बंगलादेशले हसिनाको ढाकामा स्वागत हुने बताएको छ भने अर्कोतर्फ फर्किदा उत्कृष्ट वकिल लिएर आउन सुझाव दिएको छ । यस विषयमा भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतको विदेश मन्त्रालयले शेख हसिनाको स्वदेश फिर्तीबारे सरकारको अडान सुरुदेखि नै स्पष्ट रहेको र त्यसमा कुनै परिवर्तन नभएको जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शेख हसिनाको सुरक्षित फिर्तीका लागि भारत बंगलादेशी अधिकारीहरूसँग सम्पर्कमा छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘यस विषयमा हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । हस्तान्तरणसम्बन्धी कुनै पनि विषय कानुनी प्रक्रिया अन्तर्गत पर्ने भएकाले त्यसलाई कानुन र निर्धारित नियमअनुसार नै टुंग्याइनेछ ।’

    AGNI GROUP

    भारतले यसअघि पनि पटक–पटक बंगलादेशबाट आउने कुनै पनि अस्तान्तरणको अनुरोध कानुनी प्रक्रिया अनुसार मात्र विचार गरिनेछ । बंगलादेशले यसअघि पनि धेरै पटक भारतसँग शेख हसिनालाई फिर्ता पठाउन आग्रह गर्दै आएको छ । यस वर्ष तारिक रहमान नेतृत्वको सरकार बनेपछि बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान भारत पुगेर भारतीय विदेशमन्त्री एस। जयशंकर समक्ष हसिनालाई फिर्ता पठाउन औपचारिक आग्रह दोहो¥याएका थिए । तर भारतले त्यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij