Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

इरानका महत्वपूर्ण सैन्य क्षमताहरू नष्ट गर्ने रणनीतिअनुसार अमेरिकी आक्रमण

इरानका महत्वपूर्ण सैन्य क्षमताहरू नष्ट गर्ने रणनीतिअनुसार अमेरिकी आक्रमण

  • काठमाडौं । इरानमाथि अमेरिकाले हालै गरेको हवाई आक्रमणले राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भविष्यमा थप सैन्य कारबाही गर्ने विकल्पलाई बलियो बनाएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    रोयटर्सका अनुसार, नाम नखुलाइएका तीन अमेरिकी अधिकारीले होर्मुज जलडमरूमध्य खुलाउन दबाब सिर्जना गर्ने उद्देश्यसँगै भविष्यमा आवश्यक परे थप जटिल सैन्य अभियान सञ्चालन गर्नुअघि इरानका महत्वपूर्ण सैन्य क्षमताहरू नष्ट गर्ने रणनीतिअनुसार आक्रमण भइरहेको बताएका हुन्।

    AGNI GROUP

    गतसाता ट्रम्पले अमेरिकी कंग्रेसलाई इरानसँगको सैन्य द्वन्द्व औपचारिक रूपमा पुनः सुरु गरिएको जानकारी दिएपछि उनको आगामी कदमबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरेको सैन्य अभियानका क्रममा इरानको सैन्य संरचनामा ठूलो क्षति पुगे पनि तेहरानसँग अझै पनि उल्लेख्य ड्रोन र क्षेप्यास्त्र क्षमता रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ। इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने तेल ट्यांकर तथा खाडी क्षेत्रका छिमेकी मुलुकहरूलाई समेत निशाना बनाउँदै आएको दाबी गरिएको छ।

    अमेरिकी सेनाका अनुसार पछिल्ला आक्रमणहरू इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, साना नौका र अन्य समुद्री सैन्य संरचनालाई लक्षित गरी गरिएको हो।

    एक अमेरिकी अधिकारीले यी आक्रमणलाई भविष्यमा थप व्यापक सैन्य अभियान सञ्चालन गर्नुअघि इरानी प्रतिरक्षा प्रणाली कमजोर बनाउने तयारीका रूपमा व्याख्या गरेका छन्। यस विषयमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

    यसअघि रोयटर्सले मार्चमा अमेरिकी सेनाले होर्मुज जलडमरूमध्यको सुरक्षा मजबुत बनाउन इरानको तटीय क्षेत्रमा सैनिक परिचालन गर्ने सम्भावित योजना तयार गरेको जनाएको थियो। त्यस्तै, इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने प्रमुख केन्द्र खार्ग टापुमा स्थल सेना पठाउने विकल्पबारे पनि ट्रम्प प्रशासनभित्र छलफल भएको बताइएको थियो।

    यद्यपि, यस्तो अभियान जोखिमपूर्ण हुने आँकलन गरिएको छ, किनभने इरानले मुख्य भूमिबाट मिसाइल र ड्रोनमार्फत खार्ग टापुमाथि प्रतिआक्रमण गर्न सक्ने सम्भावना रहेको अधिकारीहरूको भनाइ छ।

    राष्ट्रपति ट्रम्पले मंगलबार फक्स न्युजसँगको अन्तर्वार्तामा विगतका आक्रमणका क्रममा खार्ग टापुस्थित तेल पूर्वाधारलाई निशाना नबनाउन आफूले सेनालाई निर्देशन दिएको बताएका थिए। तर आवश्यक परे उक्त टापुमाथि नियन्त्रण कायम गर्ने विकल्प खुला रहेको संकेत पनि दिएका छन्।

    ‘यदि हामीले उनीहरूको सैन्य क्षमता पर्याप्त रूपमा कमजोर बनाउन सक्यौं भने, म त्यो कदम चाल्न तयार छु,’ ट्रम्पले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij