Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

अमेरिकी-इरानी नागरिक डेना करारी इरानको हिरासतबाट मुक्त

अमेरिकी-इरानी नागरिक डेना करारी इरानको हिरासतबाट मुक्त

  • काठमाडौँ । इरानले सन् २०२४ डिसेम्बरदेखि हिरासतमा राखिएकी अमेरिकी-इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि गरेका छन् ।

    AGNI GROUP

    ट्रम्पले इरानको यस निर्णयलाई ‘सद्भावनापूर्ण कदम’ को संज्ञा दिएका छन् । उनले  पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा गलत रूपमा हिरासतमा लिइएकी एक अमेरिकी नागरिकलाई इरानले देश छाड्न अनुमति दिएको बताएका हुन् ।

    उनले करारी अहिले सुरक्षित रहेको र उनको अवस्था राम्रो रहेको उल्लेख गर्दै इरानको यस कदमको अमेरिकाले स्वागत गरेको बताएका छन्।

    अमेरिका र इरानबीच तनाव बढिरहेका बेला यो रिहाइलाई अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । विशेषगरी दुवै देशबीच बढ्दो विवाद र होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र भइरहेका बेला भएको यो घटनाक्रमलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij