Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो ।
पछिल्लो समय सरकारले नयाँ बसपार्कसहित कलङ्की, कोटेश्वर, बल्खु, चाबहिललगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरूविरुद्ध पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बसपार्कभित्र यात्रु तान्ने, भीडभाड सृजना गर्ने तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध प्रहरीले कडा कारबाही गर्दै आएको बताउनुभयो ।
तस्वीर : एआई
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij