Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । मस्कोबाट करिब ३०० माइल (४८० किलोमिटर) उत्तरमा रहेको भोलोग्डाबाट फर्कने क्रममा रुसी दम्पती येलेना र दिमित्रीले चार वटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प भेट्टाए । केही रूसी क्षेत्र बाहेक सबै जसो क्षेत्र इन्धनको अभावबाट ग्रस्त भएको जनाइएको छ ।
पछिल्लो युक्रेनी आक्रमणले रूसी डिपोलाई लक्षित गरेकाले सन् २०२२ मा द्वन्द्व सुरु भएको अवधि भन्दा सामान्य जीवनमासमेत बाधा पुर्याएको जनाइएको छ । विश्वको शीर्ष तेल उत्पादक मध्येको एक देश रूसमा यो सङ्कट अभूतपूर्व भएको जनाइएको छ जहाँ इन्धन अहिले सम्म सजिलै उपलब्ध थियो र युरोपको तुलनामा धेरै सस्तो थियो । तर पछिल्लो समय युक्रेन द्वन्द्वको चरमताको समयमा पेट्रोलका लागि पेट्रोल स्टेशनमा लाइन लाग्नु पर्ने अवस्था निम्त्याएको बताइएको छ ।
विश्वको सबै भन्दा ठुलो देश रूसका अधिकांश क्षेत्रमा मुख्यतया स्थलगत यातायातको माध्यमबाट आवतजावत गर्ने गरेको जनाइएको छ । मिडिया रिपोर्टलाई उदृत गर्दै जुन देखि ९० प्रतिशत भन्दा बढी रूसी क्षेत्रले इन्धनको अभावको अनुभव गरेको एएपपीले जनाएको छ । इन्धन अभावका कारण भोलोग्डाका केही पेट्रोल पम्प बन्द भएका छन् भने अन्य पम्पहरुमा इन्धनको लागि लामो लाइन देखिएको जनाइएको छ ।
मस्कोले यस अघि सिमित ग्रेडको पेट्रोल र उड्डयन इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने गत हप्ता, प्रतिबन्ध डिजेल निर्यातमा विस्तार गरिएको थियो । यी मध्ये केही उपायले हालैका दिनमा मस्को र अन्य क्षेत्रमा इन्धन अभावलाई कम गर्न थालेको एएफपीले जनाएको छ । युक्रेनी आक्रमणले उत्पन्न भएको रुसको तेल क्षेत्रको अभावले कति टाढासम्म प्रभाव पार्न सक्छ भन्ने देखाएको जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij