Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ: एम्बाप्पे

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ: एम्बाप्पे

  • काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।

    AGNI GROUP

    एम्बाप्पेले भने, ‘मेसीले भोलिको फाइनलमा गोल गर्नेछन्। यो निश्चित छ।’

    उनले थपे, ‘म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु। विश्वकपमा धेरै गोल गर्दा केही पक्षमा खेलाडीको विकास हुन्छ।’

    विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेको उपलब्धिबारे प्रतिक्रिया दिँदै एम्बाप्पेले व्यक्तिगत कीर्तिमान अहिले आफ्नो प्राथमिकता नभएको स्पष्ट पारे।

    उनले भने, ‘विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि म फाइनल खेल्न चाहन्थेँ। व्यक्तिगत रूपमा यो सुन्दर कीर्तिमान हो, तर अहिले मैले त्यसबारे सोच्नु हुँदैन।’

    सेमिफाइनलमा पहिलो हाफमै चार गोल खाएको प्रदर्शनबारे उनले आत्मालोचनासमेत गरे।

    एम्बाप्पेले भने, ‘पहिलो हाफ साँच्चै अविश्वसनीय रूपमा खराब रह्यो। दोस्रो हाफमा हामीले आफ्नो लय र आत्मविश्वास फर्कायौं, तर जित निकाल्न सकेनौं।’

    एम्बाप्पेले इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बनाए। उनी २२ गोलका साथ शीर्षस्थानमा छन्। मेसी २१ गोलसहित दोस्रो स्थानमा छन्। यस्तै, एम्बाप्पे गोल्डेन बुटको दौडमा पनि अगाडि आएका छन्। उनले १० तथा मेसीले ८ गोल गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij