Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । प्राविधिक अवरोधका कारण करिब डेढ घण्टा बन्द भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम आइतबार दिउँसो ३:२० बजेपछि पुनः सुचारु भएका छन्।
विशेषगरी डेस्कटप ब्राउजरमा देखिएको यो समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका थिए।
नेपालमा आइतबार दिउँसो साढे १ बजेदेखि फेसबुक र इन्स्टाग्राम चल्न छाडेको थियो। धेरैजसो प्रयोगकर्ताले मोबाइल एपमा सेवा चलिरहे पनि डेस्कटप ब्राउजरबाट लगइन गर्दा नखुलेको गुनासो गरेका थिए।
दिउँसो ३ बजेपछि भने दुवै सञ्जाल पूर्ववत् अवस्थामा फर्किएका हुन्। अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने पोर्टल ‘डाउनडिटेक्टर’ का अनुसार ६३ प्रतिशत समस्या वेबसाइटमा देखिएको थियो भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij