Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नेप्सेमा दाेहाेराे अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

नेप्सेमा दाेहाेराे अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४१.७० अङ्क अर्थात १.५५ प्रतिशतले बढेर २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि राम्रो उछाल आएको छ। दिनभरमा ३४३ वटा कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक कारोबार हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ २८ पैसा बराबरको खरिदबिक्री भएको छ। कुल कारोबार भएका कम्पनीहरूमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    AGNI GROUP

    आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १४।९७ प्रतिशतले वृद्धि भई रु. ३७२.४० पुगेको छ। त्यस्तै, रावा एनर्जी विकास लिमिटेडको सेयर मूल्य १४.६४ प्रतिशत र सान्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य १०.९५ प्रतिशतले बढेको छ। सोल्टी होटल लिमिटेड र सर्वोत्तम सिमेन्ट पनि सर्वाधिक कमाउने शीर्ष कम्पनीहरूको सूचीमा अगाडि रहेका छन्।

    कारोबार रकमका आधारमा आज अनन्त खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो, जसको रु।.२९ करोड १५ लाख ५२ हजारभन्दा बढीको सेयर कारोबार भएको छ। सर्वोत्तम सिमेन्ट रु.२४ करोड ४६ लाखभन्दा बढीको कारोबारसहित दोस्रो स्थानमा रहँदा रिडी पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने प्रमुख कम्पनी बनेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij