Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

सल्यानबाट दुई भरुवा बन्दुक बरामद

सल्यानबाट दुई भरुवा बन्दुक बरामद

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ।

    onlinepatrika
    Arghakhachi

    सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका-१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो।

    AGNI GROUP

    ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा ६ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।

    बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij