Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ

फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ

  • काठमाडौँ । प्रहरीले सिराहाको लहानबाट फलफूलको गाडीमा लुकाएको अवस्थामा ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट ६५२ केजी गाँजा बरामद गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    पार्किङ गरेर राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।

    AGNI GROUP

    ब्यूरोको टोलीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ घर भएकी ३८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो छन् । 

    आरोपीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई बरामद गाँजा सहित इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij