Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

भारतको ककरोच जनता पार्टीद्वारा शुक्रबार देशव्यापी प्रदर्शनको आव्हान

भारतको ककरोच जनता पार्टीद्वारा शुक्रबार देशव्यापी प्रदर्शनको आव्हान

  • काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले विद्यार्थीमाथि भएको भन्दै आरोप लगाइएको प्रहरी दमनको विरोधमा शुक्रबार देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीले सबै विद्यार्थी सङ्गठनलाई आआफ्नो जिल्लामा भेला भई विद्यार्थीका माग सार्वजनिक रूपमा पढेर सुनाउन, आवश्यक अनुमति लिन तथा प्रदर्शनको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

    AGNI GROUP

    सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारका प्रतिनिधिहरू जन्तर-मन्तरमा वार्ताका लागि आउन अस्वीकार गरेको दाबी गरे । उनले केन्द्रीय मन्त्री जितेन्द्र सिंहले भने केन्द्रीय मन्त्री जेपी नड्डाको निवासमा छलफलका लागि बोलाएको बताइरहेको उल्लेख गर्दै पार्टीका समर्थकसँग त्यहाँ जाने वा नजानेबारे रायसमेत मागेका थिए ।

    रांकाले वार्ताका लागि सीजेपीका दुई सर्त पनि सार्वजनिक गरेका छन् । पहिलो, वार्ता जेपी नड्डाको निवासमा नभई जन्तरमन्तर वा दुवै पक्षलाई स्वीकार्य तटस्थ स्थानमा हुनुपर्ने उनले बताए । दोस्रो, सरकारले विद्यार्थीका माग कहिलेसम्म पूरा गर्ने भन्ने स्पष्ट कार्ययोजना र समयसीमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

    यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत देशका युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन् । उनले प्रश्नपत्र चुहावटका सबै घटनामा संलग्नलाई छिटो र कडा कारबाही गर्न द्रुत सुनुवाइ अदालत गठन गरिने जानकारी दिँदै सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको उल्लेख गरेका छन्।

    प्रधानमन्त्री मोदीले विद्यार्थीको हित संरक्षणका लागि सरकारले महत्त्वपूर्ण कदम चालिरहेको र युवाको भविष्यसँग खेलबाड गर्ने कुनै पनि व्यक्तिलाई नछाडिने स्पष्ट पारेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij