Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

काँकडभिट्टा–लौकही सडकमा धमाधम कालोपत्रे हुँदै

काँकडभिट्टा–लौकही सडकमा धमाधम कालोपत्रे हुँदै

  • काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ ।

    onlinepatrika
    Arghakhachi

    एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ ।

    AGNI GROUP

    सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजित छ ।

    पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।

    आयोजनाको पछिल्लो विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)को भौतिक प्रगति ४७ प्रतिशत पुगेको छ । दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)को प्रगति ४२ प्रतिशत तथा तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)को भौतिक प्रगति १९ प्रतिशत रहेको छ ।
    काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ ।

    मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ भने एक सातामा करिब सात किलोमिटर सडक कालोपत्र गर्न सकिने उनले बताए ।

    प्रमुख पन्तका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको उनले बताए । विसं २०८० माघदेखि निर्माण सुरू भएको काँकरभिट्टा–लौकही सडक आयोजना २०८३ साल माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij