Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा अठार जना उत्तीर्ण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा अठार जना उत्तीर्ण

  • काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका १८ जना एमबिबिएस डाक्टर उत्तीर्ण गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतिष्ठानले प्रकाशित गरेको नतिजा अनुसार पहिलो ब्याचका २० जनामध्ये १८ जना एमबिबिएस उत्तीर्ण भएका हुन् ।

    AGNI GROUP

    कुनै समय डाक्टर नपाएर सर्वसाधारणको मृत्यु हुने कर्णाली अब आफ्नै ठाउँमा डाक्टर उत्पादन गरेर देशविदेशसम्म पु¥याउन सक्ने अवस्थामा पुगेको छ ।

    हिमाली क्षेत्रको जुम्लामा स्थापना भएको प्रतिष्ठानले अब देशविदेशलाई डाक्टरको जनशक्ति दिन पाउनु सकरात्मक कार्य हो । एमबिबिएस डाक्टरले केही महिना जुम्लामा इन्टर्नसिप गर्ने छन् ।

    अहिले जुम्लामा डाक्टर पढ्न नेपाली मात्र नभई भारतबाट पनि आउन थालेका छन् । कर्णाली प्रतिष्ठानमा अब छैटौँ ब्याच चलिरहेको छ ।

    पहिलो ब्याचमा २० जना, दोस्रो र तेस्रो ३०÷३० जना, चौथो, पाँचौँ र छैटौँ ब्याचमा ५० जनाका दरले गरी हालसम्म २३० जना एमबिबिएस अध्ययन गरिरहेका छन् । २०७८ साल मङ्सिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबिबिएस कक्षाको औपचारिक उद्घाटन गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij