Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले शुक्रबार राति करिब ९:३० बजे बगैचामा खानतलासी गरेको थियो।
खोजतलासका क्रममा घाँसभित्र लुकाइराखिएको १३ वटा पोकाबाट कुल १४० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ भने यसको स्रोत र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij