Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

पक्राउ

बागलुङमा लजिन थापाको हत्यामा संलग्न चार जना पक्राउ

बागलुङमा लजिन थापाको हत्यामा संलग्न चार जना पक्राउ

  • काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका –०१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    साउन १ गते राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए । त्यहाँ लजिन सहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए ।

    AGNI GROUP

    साउन २ गते लजिन थापाको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरुको समेत सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।

    साउन ९ गते बिहान ०९:१५ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका –०१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ ।

    घटनामा संलग्न सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो ।

    प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij