
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार प्रधानले आफूसँग पल शाहले लिखित माफी नमागे उनी अभिनीत चलचित्र प्रदेश नं १ मा चल्न नदिने चेतावनी दिएका छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका प्रधानले चलचित्र सम्बन्धी संघ संस्थालाई समेत बोधार्थ लेख्दै पलले माफी नमागे कुटपिट मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
बिहीवार साँझ अभिनेता पल शाहको निर्देशनमा उनका सहयोगी कृष्ण जोशीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रधानले धरानको प्रहरी कार्यालयमा उजुरी दिएको थियो । महासंघको आयोजनामा हुन लागेको अन्तरक्रियामा सहभागी हुन अनुरोध गर्दा पल र उनका सहयोगीले दुव्र्यवहार गरेको प्रधानले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij