धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।

May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो ।
विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए । यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए ।
धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij