
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । माधव राज खरेलको निर्देर्शनमा रहेको नयाँ फिल्ममा खबपु र गोपाल मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका हुन् । कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’ र गोपाल ढकाल ‘छन्दे’ फिल्मको पर्दामा हिरोको रुपमा देखिने भएका छन् ।
फिल्मका लागि मोहन निरौला, नवराज थापा, मुस्कान लामा समेत कलाकारको रुपमा छानिएको निर्देशक खरेलले बताए । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ । शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको बैशाखको तेश्रो साताबाट छायाँकन सुरु हुँदैछ ।
यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड’ को तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij