Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बैरागी र पासाङको एकै स्वर 'चनखु गाउँको झिल्के म' (भिडियोसहित )

बैरागी र पासाङको एकै स्वर 'चनखु गाउँको झिल्के म' (भिडियोसहित )

  • 'अहिले तामाङ गीत, संगीतमा बिकृती भित्रीएको र यसलाई तामाङ कलाकार संघसंग रोक्नेरकार्वाही गर्न सक्ने नियम नभएको कारण खबरदारी मात्रै गरिराखेको बताए ।'

    images
    images
    images

    काठमाडौँ । तामाङ मौलिक डम्फु गायक तथा संगीतकार बैरागी मोक्तान र पासाङ लामाको प्रतिक्षित “चनखु गाउँको झिल्के म” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्द्रकुमार दोङको प्रमुख अतिथिमा भएको कार्यक्रममा भिडियो सार्वजनिक गरेको हो । 

    कार्यक्रममा उपस्थित तामाङ कलाकार संघका अध्यक्ष संजीव वाइवाले भिडियो सफलताको शुभकामना दिँदै, 'अहिले तामाङ गीत, संगीतमा विकृति भित्रिएको र यसलाई तामाङ कलाकार संघसंग रोक्ने र कारवाही गर्न सक्ने नियम नभएको कारण खबरदारी मात्रै गरिराखेको बताए ।'

    155811634_151849043446777_8173964000744188354_n.jpg

    त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि चन्द्रकुमार दोङले भिडियोको दृश्य एकदमै सुन्दर लागेको र गीतमा शब्द चयन असाध्यै राम्रो र मन छुने रहेकोे बताउँंदै कलाकारहरु सबैको काम उत्कृष्ट रहेकोे र भिडियोलाई दर्शकले अत्यधिक रूपमा रुचाओस भनी शुभकामना समेत व्यक्त गरेका थिए ।

    156849525_934626950626528_3664993858166200156_n.png

    त्यस्तै बिमोचन कार्यक्रमका सभाअध्यक्ष तथा गायक मोक्तानले भिडियो राम्रो बनाउनको लागि कलाकार टिमले धेरै मेहनत गरेको बताउँदै भिडियो बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई एकमुष्टमा धन्यवाद व्यक्त गरेका थिए ।

    बैरागी मोक्तानको आफ्नै शब्द संगीत र स्वरमा रहेको गीतमा सेलो गायक पासाङ लामा ,गायिका शशिकला मोक्तान र बबिता पाख्रीनले उनलाई स्वरमा साथ दिएका छन् ।

    रामेछाप चनखुको आसपासमा छायांकन गरिएको भिडियोमा मोडल सम्झना तामाङ,अमीर पाख्रीन,लक्ष्मन मोक्तान ,मोनिका लामा,सुरेश मोक्तान ,पासाङ लामा र बैरागी मोक्तानले अभिनय गरेका छन् ।

    भिडियो हेर्नुहोस्:

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij