Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा

ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा

  • काठमाडौं । एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।

    onlinepatrika
    Arghakhachi

    राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विवाद सुल्झाउनेभन्दा पनि जसरी हुन्छ आफूसँग असहमति राख्नेलाई अल्मल्याउने र पन्छाउने नीति लिएको नेपाल पक्षको बुझाइ छ। नेपाल पक्षका सांसदले सकेसम्म विवाद मिलाउन सबै विकल्प खुला राख्ने तर ओलीले ढोका बन्द गरे राजीनामा नै दिनुपर्ने बताएका छन्। सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षीय संसदीय दलको बैठकमा राजीनामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो।

    AGNI GROUP

    बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली पक्षका नेताहरूसँग कुराकानी गरेर विवाद सुल्झाउने प्रयास गर्न आग्रह गरेका थिए। वार्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्तियारीसमेत दिएका छन्। ‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्षका दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं। त्यसका लागि अख्तियारी पनि दिएका छौं। 

    ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन चाहेनन् भने अर्को विकल्प छैन, राजीनामा नै हो भनेका छौ’, एक सांसदले भने। स्रोतका अनुसार विवाद मिलाउन तयार नभए नेपाल पक्षका संघीय र प्रदेश दुवै तहका सांसदले राजीनामा दिनेछन्। यसका लागि आइतबार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ।

    ओली पक्षले तत्कालीन स्थायी कमिटीलाई यथावत राख्ने, पदाधिकारीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको सम्मानमा यथावत राख्ने अन्य कमिटी चलायमान बनाउन कार्यदल बनाउने र त्यसका आधारमा संगठन निर्माण गर्न राखेको प्रस्तावमा नेता नेपालले असहमति राखेका थिए। नेपालले निर्वाचित पदाधिकारीसहितको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन्। उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान राखेका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij