
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बलिउडका फिल्मी कामहरु पनि प्रभावित बनेका छन् । तोकिएको समयमा फिल्म रिलिज हुन पाएका छैनन् ।
फिल्मका रिलिज मितिहरु सरिरहेका छन् । यस्तै केही समयदेखि रिलिजको तयारीमा रहेको अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ अगष्ट १५ मा रिलिज हुने भएको छ ।
यसअघि यस फिल्म गएको अप्रिल ३० मा रिलिज गर्ने तयारी गरिएको थियो । तर,कोरोनाका कारण रिलिज रोकिएको थियो ।
भारतिय मिडियाका अनुसार कोरोनाले बन्द भएका थिएटर खुल्नासाथ फिल्म ‘सूर्यवंशी’ रिलिज गर्ने तयारीमा निर्देशक रोहित सेठ्ठी र निर्माता करण जोहार लागेका छन् ।
यस्तै फिल्म निर्माता निर्देशक फिल्म ‘बेल बटम’ पनि रिलिज गर्ने तयारीमा छन् । ‘सूर्यवंशीमा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन, रणवीर सिंहको मूख्य अभिनय रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij