
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । चर्चित अभिनेत्री वर्षा सिवाकोटीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८र७९ बजेटलाई लिएर आफ्नो धारणा व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा बजेट सधैं राम्रो र आनन्द लाग्ने आउने भन्दै नेताहरुलाई व्यंग्य पनि गरेकी छिन् ।
नेताको दिनहुँको किचलोले जनता दिक्क भएको भन्दै उनले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्नुपर्ने भन्दै व्यंग्य गरेकी छिन् ।
उनले लेखेकी छिन् - 'बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ, तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !'
शनिवार(हिजो)अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij