
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म 'टाइगर ३'लाई पनि कोरोनाले प्रभाव पारेको छ । सलमान र कटरीना कैफको मुख्य अभिनय रहने भनिएको यस फिल्म कोरोनाका कारण छायांकन सुरु हुन पनि पाएन ।
छायांकन सुरु हुन नसकेपछि बनाइएको सेट पनि भत्काइएको छ । भारतिय मिडियाका अनुसार निर्माण टिमले मुम्बईमा बनाइएको फिल्मको भव्य सेट भत्काएको हो ।
सेट भत्काउनुपर्दा फिल्म निर्माताले ठुलो नोक्सान बेहोर्नुपरेको छ । छायांकनको लागि सेट बनाइराख्नु पदा महंगो पर्ने हुनाले फिल्म निर्माण कम्पनीले सेट भत्काएको हो ।
यस्तै फिल्ममा इमरान हाशमीको पनि अिभनय रहने भएको छ । फिल्ममा इमरान हाशमी भिलेनको भूमिकामा देखिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij