Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भूकम्पपीडितको भाँचिएको मन

भूकम्पपीडितको भाँचिएको मन

  • उनले भने, “पुरानो थलो जाउँ भने घर बनाउनु पर्छ । भूकम्पले हजुरआमा लग्यो । अब त्यहाँ जान मन छैन । यहाँ घर बनाउन पाइँदैन ।”

    onlinepatrika
    Arghakhachi

    नारायण अधिकारी / चितवन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा छन् । उनी २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आएका हुन् । उनी कालिका–७ जुटपानीमा आएर बसेको सात वर्ष लागेको छ । उनले अहिले बसेको ठाउँमा अस्थायीरूपमा समेत घर मर्मत गर्न पाएका छैनन् ।

    AGNI GROUP

    उनी तत्कालीन समयमा आरआरएन नामक संस्थाबाट निर्माण गरिएको टहरामा दिन बिताउँदै आएका छन् । अहिले त्यो घरमा पानी पर्दा पानी नै भित्र छिर्ने गर्छ । हावाहुरी आउँदा घर नै भत्काउँछ कि जस्तो हुन्छ तर उनले सोही स्थानमा घर मर्मत गर्न र नयाँघर बनाउनका लागि स्थानीय तहसँग कुरा गर्दा नमिल्ने भनेपछि अहिले बर्सातको समयमा उनी पानी परेपछि त्यो पानी फालेर मात्रै घरभित्र पस्ने गर्छन् ।

    सो स्थानमा घर निर्माणका लागि आग्रह गर्दा स्थानीय तह र प्रशासनले रोक लगाएपछि घर निर्माणसमेत गर्न सकेका छनैन् । उनले भने, “पुरानो थलो जाउँ भने घर बनाउनु पर्छ । भूकम्पले हजुरआमा लग्यो । अब त्यहाँ जान मन छैन । यहाँ घर बनाउन पाइँदैन ।” तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुले अब यहाँ आउनु पर्दैन भन्दै आफूहरुलाई यहाँ ल्याएको भन्दै उनले थपे, “हामीलाई घर बनाउन नदिए अब हामी आन्दोलन गर्छौं ।”

    जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी भूकम्प प्रभावित उनीहरुले अन्यत्र स्थानान्तरण गर्न खोज्दा नमानेपछि समस्या आएको बताए । उनले भने, “हामीले इच्छाकामना–७ पीपलटारमा स्थानान्तरणका लागि जग्गा हेरेको हो तर उहाँहरु जान मान्नुभएन ।”

    भूकम्प प्रभावित भएर आएपछि उनीहरुले वडा कार्यालयमा समेत सम्पर्क नगरेपछि लाभग्राहीको सूचीबाट समेत हट्न मञ्जुरीनामा दिएको उनले जानकारी दिए। अहिले बसेको स्थानमा कालिका नगरपालिका र त्यहाँका स्थानीयवासीले सहमति नदिएको भन्दै उनले अब उनीहरुको व्यवस्थापन इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका मिलेर गर्नुपर्ने बताए। रासस 

     
    messenger sharing button
    sharethis sharing button

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij