Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अनुप योन्जनको निर्देशनमा 'मेरा आकाशको तारा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल को अफिसियल युट्युव च्यानल मार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।
सन्दिप बस्नेतको शब्दमा रहेको गीतलाई चर्चित गायक सनुप पौडेलले आवाज दिएका छन् भने राज सागरले संगीत भरेका छन् ।अनुप योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने डिन्सन शाहले सम्पादन गरेका छन् ।
उज्वल बल तामाङले क्यामेरा एसिस्टेण्टको रुपमा रहेर भिडियो राम्रो बनाउन सहयोग गरेका थिए । भिडियोमा नेपाली फिल्म क्षेत्रका अभिनयका बादसाह नीर बिक्रम शाह , गौरभ बिस्ट लगायतको अभिनय रहेकोे छ ।
भिडियो हेर्नुहोस :-
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij