Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाटनको प्रहरी अड्डामा अर्पणको स्मरणीय प्रवचन

पाटनको प्रहरी अड्डामा अर्पणको स्मरणीय प्रवचन

  • प्रहरी परिसर जावलाखेलको आयोजना गरेको स्मरणीय क्षमताको विकास तथा ध्यान सम्बन्धी कार्यशालामा अर्पण शर्माले ललितपुरका प्रहरी कर्मचारीहरुमा स्मरणका सूत्रहरु बाँडे ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । 

    AGNI GROUP

    अर्पण शर्मा । जो मेमोरी किङ भनेर चिनिन्छ । शर्माले नेपाल सरकारबाट उत्कृष्ट युवा पुरस्कार समेत पाएका छन् । र, गिनिस बुक अफ रेकर्डस्मा समेत थोरै समयमा बढी वस्तुको नाम सम्झिने नेपाली युवाको रुपमा जोडिएका छन् ।

    उनै अर्पणको आगमनले आज महानगरीय प्रहरी परिसर जावलाखेलमा एउटा रमाइलो माहौल बन्यो । अर्पणले ललितपुरका प्रहरी कर्मचारीहरुमा स्मरणीय क्षमताको विकास तथा ध्यान सम्बन्धी ज्ञान बाँडे । दैनिक जीवनमा देखिने दृश्यहरुलाई कसरी दीर्घकालीन समयसम्म सम्झिन सकिन्छ भनेर आफ्नो अनुभव सुनाए । 

    प्रहरी परिसर जावलाखेलको आयोजनामा ललितपुर मातहतका प्रहरी इन्चार्जहरुलाई स्मरणका सूत्रहरु सिकाइएको हो । कार्यशालामा सहभागी भएका इन्चार्जहरुले नयाँ कुरा सिक्न र अभ्यास गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    ‘हरेक प्रहरीलाई हरेक समयमा स्मरणको शक्ति खाँचो पर्छ ।' कार्यशालाको समापनमा बोल्दै एसएसपी किरण बज्राचार्यले भने, 'किनकी प्रहरीले हरेक पल हरेक घटनासँग साक्षात्कार भइरहनु पर्छ ।' 

    सहभागीहरु 

    प्रहरी उपरीक्षक प्रज्वल महर्जन 

    प्रहरी नायब उपरीक्षक दिपक भारती 

    प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे

    प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की 

    प्रहरी निरीक्षक पोषणराज थपलिया

    प्रहरी निरीक्षक सुभाष केसी 

    प्रहरी निरीक्षक किरण मल्ल

    प्रहरी निरीक्षक मधुसुदन बिक

    प्रहरी निरीक्षक किसन बस्नेत

    प्रहरी निरीक्षक सानुकान्छा रम्तेल

    प्रहरी निरीक्षक पुष्कर बोगटी 

    प्रहरी निरीक्षक सुजित कुमार ओझा

    प्रहरी निरीक्षक योगेश खरेल

    प्रहरी निरीक्षक कृष्ण खड्का 

    प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ 

    प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्ग 

    प्रहरी निरीक्षक नरेश बहादुर शाही 

    प्रहरी नायब निरीक्षक कृष्णहरि आचार्य

    प्रहरी सहायक निरीक्षक बसन्त उपाध्याय

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij